फराकिलो मत अन्तर सहित इलाम २मा एमालेका सुहाङ नेम्वाङ्ग विजयी
सुहाङ नेम्वाङको मतअन्तर अझै बढ्यो (मत परिणाम सहित)

इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत […]
चुलाचुली गणना हुँदा पहिचान पक्षधरलाइ मिल्यो ठुलो सफलता !

इलाम । इलाम-२ को उपनिर्वाचनमा चुलाचुली गाउँपालिकाको वडा नं ४ को मतगणना सम्म पुग्दा पहिचान पक्षधरलाइ ठुलो सफलता मिलेको छ । चुलाचुली ४ को गणना सकिदा तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ४०५८ मत प्राप्त गरेका छन् । यो मत दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार डम्वर खड्काको भन्दा १३३७ मतको मात्रै […]
२ हजार मतको फराकिलो मतअन्तर सहित सुहाङले लिए अग्रता !

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको मत अन्तर २ हजार २ सय ८२ पुर्याएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ७६७७ मत पाउँदा खड्काले ५३९५ मत प्राप्त गरेका छन् । चुलाचुली गाउँपालिकाको वडा नं ४ को मतगणना सकिँदा तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार […]
५७ प्रतिशत मतदाताको उपस्थिती सहित इलाम २ को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न !

इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, वातावरणमा सम्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । स्रोतका अनुसार अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ भने सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। एक […]
आजबाट कक्षा १२ को परीक्षा शुरु !

आजबाट देशभर एकैसाथ कक्षा १२ को परीक्षा शुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ । परीक्षा बाेर्डका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ […]
घट्यो सुनचाँदीको मुल्य, आजको मुल्य कति ?

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार […]
सिन्धुपाल्चोकमा जन्ति बाेकेकाे बस दुर्घटना !

संकल्प सञ्चार/ सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट १०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता निरन्जन भट्टराईले जानकारी दिए। ५५ जना सवार बसमा […]
त्रिशुली ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँच जनाकाे परिचय खुल्याे !

त्रिशुलीमा ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको […]
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर देशभरकै उत्कृष्ट !

संकल्प सञ्चार । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ नगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने […]
