1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

इलाम नगरपालिका–१० स्थित जाेगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न

12
9

ईलाम/ तिलचन अधिकारी – ईलाम नगरपालिका १० स्थित गाेदक देखि माइबेनी–तिल्केनी वैकल्पिक सडकमा बेलीबृज निर्माण सम्पन्न भएकाे छ ।

मेची राजमार्गको राजदुवाली सडक खण्डको वैकल्पिक मार्गका रूपमा निर्माण भैरहेको इलाम नगरपालिका–१० गाेदक सिमल गाेलाइ–माईजाेगमाइ गाउँपालिका माइबेनी–तिल्केनी सडक अन्तर्गत जोगमाई खोलामा बेलीबृज (Bailey Bridge) निर्माण सम्पन्न भएको हाे ।

उक्त बेलीबृज निर्माणसँगै यस वैकल्पिक सडक खण्डले अब निरन्तर सवारी सञ्चालनको बाटो खुलेको छ। वर्षाका समयमा मेची राजमार्गको सडक अवरुद्ध हुने अवस्थालाई ध्यानमा राख्दै यो वैकल्पिक मार्ग विकास गरिएको हो। बेलीबृजको निर्माण सम्पन्नसँगै इलाम नगरपालिका, माइजोेगमाई गाउँपालिका तथा आसपासका वडामा पर्ने बासिन्दाहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ।
निर्माण कार्य नेपाल सरकार, स्थानीय तह र सडक डिभिजन कार्यालय इलामको समन्वयमा निर्माण सम्पन्न भएको हाे

4
3