1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

ईलामकाे अमर ट्रुप बरबाेटेकाे तेस्राे दीक्षान्त समाराेह सम्पन्न, ९५ छात्र-छात्रा दीक्षित

12
9

ईलाम/ तिलचन अधिकारी / ईलाम नगरपालिका ५ बरबाेटेमा क्रियाशील अमर ट्रुप बरबाेटेले आफ्नो तेस्रो दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ६० जना छात्रा र ३५ जना छात्र दीक्षित भएका छन् ।

दल समिति अध्यक्ष तथा प्र.अ सोमनाथ निरौलाको अध्यक्षता तथा नगरप्रमुख केदार थापाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा, इलाम नगरपालिका वडा न. ४ का वडा अध्यक्ष नगर प्रवक्ता नुतनदेव दुलाल, वडा न. ५ का वडा अध्यक्ष काजिबहादुर श्रेष्ठ ,बि.व्य.स अध्यक्ष गोविन्द पौडेल, स्काउटका अग्रज कृष्ण कुमार घलेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्काउटरहरु अर्जुन शर्मा, प्रेमराज लिम्बू र बन्दना श्रेष्ठले ३ महिना कक्षा संचालन गरि विद्यार्थीहरुलाई आधारभुत कोर्स पूरा गराई प्रतिभा प्रदर्शन, प्रोत्साहन तथा प्रमाणपत्र वितरण गरिएकाे थियो।

दीक्षित भएका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममा योगदान पुर्‍याउने अपेक्षा विद्यालयले राखेकाे थियाे भने स्थानीय विद्यालय, क्लब तथा सामाजिक संस्थाबाट पनि कार्यक्रमको सराहना गरिएको थियाे ।

4
3