संकल्प सञ्चार-प्रधानमन्त्री ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो।
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आइएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन्।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका आइएससीका सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी रहेका थिए।
यस्तै नेपाली प्रतिनिधिका रुपमा आइएससीका नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, एमालेका सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए।