संकल्प सञ्चार-प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएकाे हाे ।
आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको बताइएको छ।भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतकाे सहभागी थियो।