1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

ट्रकमा भेटियो ७८३ किलो गाँजा,

12
9

सुनसरीको धरानमा प्रहरीले एउटा ट्रकबाट ७८३ किलो गाँ*जा बरामद गरेको छ।

बुधबार सशस्त्र प्रहरीको टोलीले धरान उपमहानगरपालिका-१३ निशाने डाँडास्थित कोशी लोकमार्ग सडकमा भेडेटारबाट धरानतर्फ जाँदै गरेको ट्रकमा गाँ*जा भेट्टाएको हो । 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नम्बर प्लेट नभएको ट्रकलाई शंका लागेर नेपाल नं१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।ट्रकको चालक सिटमाथि बक्स बनाएर २२ वटा पोकामा लुकाइछिपाइ ल्याइँदै गरेको गाँ*जा बरामद भएको हो।

गाँ*जा बरामद भए संगै ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका-६ बस्ने १८ वर्षीय आकाश राईलाई नियन्त्रण लिएको हो ।

थप चेकजाँचपछि ट्रक र पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको डिएसपी थापाले बताएका छन्।  

4
3