संकल्प संचार-नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा संशोधनको सूचना दर्ता गरेका छन्, भने उनले प्रतिनिधिसभामा बुधबार विधेयकमा संशोधनको सूचना दर्ता गरेका हुन् ।
सांसद बजगाईंले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ११३ (१) मा उल्लिखित शर्तको अधीनमा रही नियम ११२ बमोजिम विधेयकको प्रस्तावना दफा १२ को उपदफा २ मा संशोधन सूचना दर्ता गरेको गर्ने बताए ।
उपदफा २ मा ‘प्राधिकरणले आफूअन्तर्गतको विमानस्थल नेपाल सरकारको स्वीकृत लिई कुनै सरकारी वा गैर-सरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई करार सम्झौता, सार्वजनिक निजी साझेदारी वा प्राधिकरणसँग संयुक्त कम्पनी बनाई निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने छ,’ थप गर्नुपर्ने दर्ता सूचनामा उल्लेख गरिएकाे छ ।