संकल्प संचार-सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। वैशाख १९ गते सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमअघि बैठक बसेको हो।
सरकारले ल्याउने नीति तथा कार्यक्रम र सरकारको पछिल्लो कामकारबाहीबारे छलफलका लागि बैठक बसेको बुझिएको हो।
अहिले सरकार चौतर्फीरुपमा घेराबन्दीमा छ भने, महिना दिनदेखि शिक्षकहरू सडकमा छन्। आवासीय चिकित्स तथा सहकारी, लघुवित्तपीडितहरू पनि सडकमा छन्।
जारी संसद् बैठकमा सरकारको तीब्र आलोचन भइरहेको समयमा सत्ता गठबन्धनको बैठक बसेको हाे।