संकल्प संचार -किशोरीलाई बलात्कार आरोप लागेका निर्माण व्यवसायी विदुर शर्माविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरिएको छ । प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्धको जाहेरी तामेलीमा राखेको छ ।
दोलखा घर भएका विदुर शर्मा निर्माण व्यवसायी हुन् । उनी नेकपा (एमाले) दोलखाको जिल्ला समितिको सहसचिव पदमा प्रतिस्पर्धा गरेका थिए । २०८१ वैशाखमा १९ वर्षीय किशोरीले उनीबिरुद्ध आफूलाई काठमाडौँको ठमेल स्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।
पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएपछि ४५ वर्षीय शर्मा लामो समय फरार भए । शक्ति केन्द्रमार्फत दबाब दिएर उनले आफू विरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गराएका हुन् ।
३ हप्ता अगाडी सरकारी वकिल कार्यालयले पछि थप प्रमाण आएमात्र अनुसन्धान हुनेगरी जाहेरी तामेलीमा राख्ने निर्णय गरेको हो । २०८१ वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर आफूलाई होटलमा लगेर बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी हुन् ।