1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सरकारले जनताका गुनासा सुन्न

12
9

संकल्प संचार /नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले वर्तमान सरकारले जनताका गुनासा सुन्न नसकेको बताएका छन् । प्रेस युनियन दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा सरकारले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य गर्न नसकेको बताएका छन् ।

सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनीतिक नेतृत्वले अनावश्यक आस्वासन बाँढदै हिड्न नहुने बताए ।अर्को प्रसंगमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धित व्यक्तिबाटै अशुलउपर गरी वचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए छन् ।

पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको पनि बताए छन् ।

4
3