1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

एकैदिनमै ७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

12
9

संकल्प संचार – हिजो मंगलबार दुई लाख नजिक पुगेको सुनको मूल्यमा आज सुनकाे मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

नयाँ रेकर्ड बनेको मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ६५ रुपैयाँ कायम भएको छ।मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ भएकाे छ।

4
3