1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

दक्षिण एसियाली करातेका स्वर्ण पदक विजेता आलमलाई सम्मान

12
9

नेपाली राष्ट्रिय कराते खेलाडी मोहम्मद सेखु आलमलाई अमेरिकामा नगदसहित सम्मान गरिएको हाे।उनलाई न्यूयोर्कको डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्मर स्टेभेन रागाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १ हजार अमेरिकी डलर नगदसहित सम्मान गरिएको हो।

कार्यक्रममा नेपाली समुदायकी अगुवा नवराज केसी विशेष अतिथि थिए कराते प्रशिक्षक मोकेन्द्रबहादुर सिंह, जनकसिंह खड्का, राष्ट्रिय तेक्वान्दो खेलाडी पुष्पा थापा मगर तथा च्याम्पियन मार्सल आर्ट्स अध्यक्ष तथा ११औं साग स्वर्ण पदक विजेता सुनील लामाले सम्मान गरेकाे थियाे।आलम अमेरिकामा युएस ओपन कराँत च्याम्पियनसिप तथा जुनियर इन्टरनेसनल कप २०२५ मा सहभागी हुन अमेरिका छन्।

उनी नेपालमा सशस्त्र प्रहरी बलको तर्फबाट राष्ट्रिय प्रतियोगिता खेल्नछन्। उनले सन् २०२४ मा भुटानको थिम्पुमा सम्पन्न ८औं दक्षिण एसियाली कराते प्रतियोगितामा स्वर्ण पदक जित हासिल गरेका थिए ।

4
3