रिडि र अरुण भ्यालीले पाए बोर्डबाट हकप्रद निश्कासनको अनुमति !

नेपाल धितोपत्र बोर्डले अरुण भ्याली र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । यी दुई कम्पनीको जम्मा २ करोड ६४ लाख २४ हजार १३२ कित्ता हकप्रद निष्काशनको लागि अनुमति दिएको हो धितोपत्र बोर्डले अरुण भ्यालीलाई १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको […]
जलविद्युत क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको क्रमभङ्ग !

हिजो मात्रै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल – भारत ऊर्जा सचिव स्तरमा विद्युत निर्यात सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै नेपालको बिद्युतको विशाल बजारमा सहज प्रवेशको अवसर मिल्ने भएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गरेको भारत भ्रमणका […]
आज राति अत्यधिक उल्का वर्षा हुँदै !

आज राति ११ : ३० बजेदेखि अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा […]
नेपाली सेनाका १५ जना जर्नेलको सरुवा !

नेपाली सेनाका १५ जना जर्नेलको सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुनेगरी १५ जनाको सरुवा भएको हो । उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा […]
फेरि बढ्यो कोरोनाको नयाँ भेरियन्टको जोखिम, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह !

कोभिड–१९ को सब भेरियन्ट जेएन १ (JN1) को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम […]
मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु !

मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत रहेका प्रहरी जवान डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडी रहेका छन् । उक्त घटनामा दुई प्रहरी पनि घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ […]
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा !

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । स्वास्थ्यमा केही सुधार हुदै गएको भएता पनि चिकित्सकहरुको सुझाव पछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने कुरा अस्पताल स्रोतले जानकारी दिएको छ ।
जनवरी १ टोपि दिवस, कहिलेबाट शुरु भयो ?

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली […]
चिसो माैसममा सुन्तोला अमृत समान !

जाडो समयमा फल्ने फल सुन्तोला धेरैको रोजाइको फल भित्र पर्छ । चिसो माैसममा खाँदा स्वास्थ्यमा समस्या आउछ कि भन्ने बुझाइ पनि नसुनिएको भने हाेइन । चिसो माैसममा सुन्तोला खानुका असिमित फाइदाहरु रहेका छन् । सुन्तलामा एन्टिअक्सिडेन्ट, फाइबरका साथै अनेक भिटामिन र खनिज हुन्छ। जसले समग्र स्वास्थ्यलाई फाइदा पुर्याउँछ। सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले […]
