1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

पाठ्यपुस्तक छपाइ सम्पन्न, अपुग भए सूचना दिन आग्रह

नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज  पत्रकार सम्मेलन गरी यही वैैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने […]

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढाउने गरी ल्याउन लागिएको उच्च शिक्षा विधेयक, त्यो पनि सिंहदरबारमै थन्कियो

छाता ऐनका रूपमा अघि सारिएको उच्च शिक्षा विधेयक सिंहदरबारको कुनै कोठामा थन्किइरहेका बेला संघीय संसदमा भने अर्को नयाँ विश्वविद्यालय खोल्नेबारे गरमागरम बहस चलिरहेको छ । नेपाल विश्वविद्यालय विधेयक–२०७९ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट अघि बढेर प्रतिनिधिसभा पुगेको छ । डेढ दर्जन विश्वविद्यालयको भिडमा अर्को थप्ने प्रस्ताव आउँदा सैद्धान्तिक छलफलदेखि नै सांसदहरू पक्ष र विपक्षमा उभिएका छन् । कतिपयले नयाँ विश्वविद्यालयको औचित्यमाथि नै […]

घरभेट गर्न श्रीमतीलाई अस्ट्रेलिया छाडेर आएका तपेन्द्रकाे सडक दुर्घटनामा मृत्यु

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारकर्मी राधिका बोहरासँग बिहे गरेर अष्ट्रेलिया गएका २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए । उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने वाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन् । श्रीमतीसँग गरेको त्यो वाचा अब कहिल्यै पूरा हुने छैन । यतिबेला श्रीमानको बाटो […]

दार्चुला हिमपहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।   मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो  भने पाँचजना सम्पर्कविहीन थिए ।  दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक […]

पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । ‘केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फुड राम्रो विकल्प हो’ उनले भनिन् ‘तर स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन, पत्रपत्रिकामा प्याक गर्दा प्वाइजनिङ हुन्छ, यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ ।’ चटपटे, पानीपुरी लगायत अन्य […]

यसरी समाधान हुन सक्छ धरान-बराहक्षेत्र खानेपानी विवाद

नेपाल दुईतिरका अन्तर्राष्ट्रिय सिमाना नदीले छुट्याएको छ– पूर्वमा मेची र पश्चिममा महाकाली । राज्यको सिमाना नै नदीले छुट्याएको दृश्यले देखाउँछ कि पानीको राजनीति कस्तो छ । उहिलेउहिले पानीका लागि राज्यहरूबीच युद्ध नै चल्थ्यो रे । सिमानाको लडाइँमा प्रमुख विवाद पानीकै हुन्थ्यो रे । सुनेका कथाहरूका अनुसार प्राचीन् बौद्ध साहित्यहरूका अनुसार त कपिल र कोलीय राज्यबीचमा रोहिणी नदीको पानीको […]

श्रमको अपमान गरेर कसरी आऊला र समृद्धि ?

म एक श्रमिक हुँ । हामी सबै श्रमिक हौँ । हाम्रो श्रमको मात्रा र गतिले परिवार, समाज र राष्ट्र विकासको गति निर्धारण गरेको हुन्छ । कुनै पनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एक मात्र आधारको रूपमा श्रम नै भएको कुरा अमेरिकाको विकासको संवाहक मानिएका अब्राह्म लिङ्कनले दाबी गरेका छन् । दार्शनिक कन्फ्युसियसले श्रम अर्थात् […]

अर्थमन्त्रीको आगामी स्टेप: नयाँ टिम बनाएपछि नीतिगत निर्णय, अर्थमा को-को प्रवेश गर्दैछन् ?

नयाँ सरकार बनेपछि सबैभन्दा पहिले परिवर्तन गरिन्छ अर्थ मन्त्रालयका कर्मचारी ।  अर्थ मन्त्रालय, मातहतका विभाग वा महाशाखाहरू अन्यको तुलनामा आकर्षित हुन्छन् ।  विष्णु पौडेल अर्थमन्त्री भएको १० दिनमै दुई सचिव परिवर्तन गरे । सरुवाको निर्णय भएकै अर्को दिन पुरानो सचिवको बिदाइ र नयाँलाई स्वागतसमेत गरियो । विष्णु पौडेल मात्रै होइन, जनार्दन शर्मा अर्थमन्त्री भएर आउँदा पनि यसैगरी द्रूतगतिमा अर्थ मन्त्रालयका कर्मचारी फेरबदल […]

घण्टीको रहस्य : टपरटुइयाँवादको उत्थान

सारा राजनीतिक इतिहास भुलेर २०८० वैशाख १० गतेको उपचुनाव मात्रै सम्झिने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको संसदीय चुनावमा सजिलोसँग बहुमत प्राप्त गर्नेछ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वर्णिम वाग्लेको सस्तो लोकप्रियता हेर्दा तिनीहरू जनताको ‘मुक्तिदाता’को रूपमा प्रकट भएका छन् । राजनीतिको मैदानमा वास्तविकता त्यही हुनेछ । वास्तविकता त्यस्तो होइन, हुने छैन […]

पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार पक्राउ

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।  ललितपुरको सुनाकोठीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोग छ ।