1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

रिट खारेज सँगै काेशी प्रदेश सरकारले पायाे निरन्तरता

12
9

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धकाे रिट खारेज भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको काेशी प्रदेश सरकारले निरन्तरता पाएकाे छ । अघिल्लाे सरकारका मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतले खारेज गरेको हाे ।  सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले सो रिट खारेज गरेको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका थिए ।

4
3