1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

जेठ ३२ गते विश्व रक्तदाता दिवसकाे दिन झापाकाे मेचिनगरमा रक्तदान कार्यक्रम हुने !

12
9

संकल्प संचार, झापा / रिटर्नी स्वराेजगार केन्द्र झापाले विश्व रक्तदाता दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम गर्ने भएको छ । जेष्ठ ३२ गते शुक्रबार मेचीनगर काँकडभिट्टा स्थित देवकाेटा पार्कमा उक्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे ।

हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रुपमा मनाईने चलन छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । साेहि दिनकाे अवसर पारेर रेडक्रस सँगकाे सहकार्यमा रिटर्नी स्वराेजगार केन्द्रले रक्तदान कार्यक्रम आयाेजना गर्न लागेकाे कुरा रिटर्नी स्वराेजगार केन्द्रका अध्यक्ष दिनेश कार्कीले प्रेस क्लब मेचिनगरमा विशेष पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएका छन् ।

बैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरुकाे साझा संस्थाका रूपमा २०८१ मा दर्ता भई सामाजिक स्वराेजगार मुलक कार्यक्रमकाे थालनी गरेकाे यस संस्थाले आफ्नाे पहिलाे रचनात्मक कार्यक्रम अन्तरगत रेडक्रस सँगकाे सहकार्यमा याे कार्यक्रमकाे आयाेजना गर्न लागेकाे हाे ।

बैदेशिक रोजगारबाट फर्किएकालाई संस्थागत गरी सामुहीक रुपमा विभिन्न तालिम सँगसँगै स्थानीय श्राेत साधनकाे प्रयाेग र परिचालन सहित स्वराेजगार बन्न प्रेरित गर्ने संस्थाकाे उदेश्य रहेकाे संस्थाका अध्यक्ष कार्कीले जानकारी गराए ।  नीतिगत रूपमा पनि राज्यकाे कार्यक्रम र बजेट मार्फत रिटर्नीहरू र जसवाट आश्रित परिवारलाई जाेड्नकालागि आग्रह गर्दै याे संस्थाले काेशि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कि साथै विभिन्न बिभागिय मन्त्रीहरूलाई ज्ञापन पत्र र आग्रहपत्रहरू बुझाई सकेकाे छ ।  २०८१ साल भित्र सम्भब भए सम्म कोसी प्रदेशका १४ जिल्लाका १३७ वटै स्थानिय तह सम्म आफ्ना उद्देश्य अनुरूपका कार्यक्रम मार्फत जाेडिने लक्ष रहेकाे कुरा पनि संस्थाका अध्यक्षले जानकारी गराएका छन् ।

दिनेश कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा संस्थाका उपाध्यक्ष शेखर थापा, सचिब प्रबिण बानियाँ, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको आतिथ्यता रहेको थियाे भने कार्यक्रमकाे सञ्चालन संस्थाकी कोषाध्यक्ष सरस्वती चम्लागाईँले गरेकी थिइन् ।

4
3