पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिकाको बजार क्षेत्रका महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा सञ्चालन भएको छ ।
शुक्रबार देखि नगरप्रमुख मित्रप्रसाद काफ्लेले, बि.पि पार्क, गडि सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक,फिदिम मा.बिको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय क्षेत्रमा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ ।
बि.पि पार्क परिसरबाट ‘फ्रि वाइफाइ जोन’ को उदघाटन् गर्दै नगरप्रमुख काफ्लेले नगरको अन्य क्षेत्रमा पनि फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिएका छन् । नगर प्रमुख काफ्लेले सदरमुकाम फिदिम बजार क्षेत्रमा पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेको कुरा बताएका छन् । फिदिम नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, फिदिम सिटी’ बनाउने उद्देश्यले कुरा पनि उनले बताएका छन् ।