1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

 गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । 

गत आइतबार प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।